र्‍यालीमा गोली चल्दा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान खुट्टामा गोली लागेर घाइते

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान l फाइल फोटो

इस्लामाबाद: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान लङ मार्च कन्टेनर नजिकै गोली लागेर घाइते भएका छन्। गोली उनको खुट्टामा लागेको र उनलाई अस्पतालमा भर्ना गरिएको छ। यो खबर पाकिस्तानको एआरवाई न्यूजमा प्रकाशित भएको छ। पाकिस्तानी मिडिया रिपोर्टका अनुसार वजिराबादको जफर अली खान चोक नजिकै पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको कन्टेनर नजिक गोलीबारी भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement