अलिपुरद्वार: काल्चिनी ब्लक पशु संसाधन विकास विभागले बिहीबार काल्चिनी ब्लकको खोकलाबस्ती देवराली लाइन क्षेत्रमा घरेलु पशु उपचार शिविर आयोजना गरेको छ। उक्त शिविरमा यस क्षेत्रका सयौं घरपालुवा जनावरको उपचार तथा खोप लगाइएको थियो। शिविरमा काल्चिनी ब्लकका पशु श्रोत विकास विभागका चिकित्सकहरुको सहभागिता रहेको थियो।