कूचबिहारमा केन्द्रीय मन्त्री निशित प्रामाणिकको गाडीमा हमला

IMG_20221103_154413.jpg

बम विष्फोट, तृणमूलमाथि आरोप

कूचबिहार: पञ्चायत चुनाव अघि कुचबिहार जिल्लामा राजनीतिक हिंसा बढ्दै गएको छ। यसैबीच, बिहीबार सिताई विधानसभा क्षेत्रको सिंगीमाडी क्षेत्रमा गृह राज्यमन्त्री निशित प्रामाणिकको गाडीमाथि आक्रमण भएको सनसनीपूर्ण घटना बाहिर आएको छ । घटनाको पछाडि सत्तारुढ तृणमूल कांग्रेसको हात रहेको आरोप लगाइएको छ ।केन्द्रीय मन्त्रीको गाडीमा हमलाको घटनापछि पूरै क्षेत्रमा हंगामा मच्चिएको थियो । जानकारीका अनुसार कुचबिहारको सिताईमा भाजपा कार्यकर्तालाई भेट्न गइरहेका मन्त्री निशित प्रामानिकको काफिलबाट केही दूरीमा इँटा र बम प्रहार भएको बताइएको छ। घटनापछि उक्त क्षेत्रमा ठूलो तनाव छ । केन्द्रीय मन्त्री निशित प्रामाणिकले भने, ‘यदि तपाईहरुले हामीलाई दुव्र्यवहार गर्नुभयो भने हामी चुप लागेर बस्दैनौं ।उल्लेखनीय कुरा के छ भने निशिथ प्रामानिक बिहीबार दिउँसो विभिन्न आक्रमणमा परेका पार्टीका ‘प्रभावित’ कार्यकर्तालाई भेट्न जाँदै थिए । सो क्रममा उनलाई कालो झण्डा देखाइएको थियो । त्यसपछि बम विष्फोट र इँटाको वर्षा भयो। निशिथको सुरक्षामा खटिएका केन्द्रीय बलले तत्कालै स्थितिलाई नियन्त्रणमा लिएको थियो । अर्कोतर्फ यो घटनालाई लिएर राजनीतिक आन्दोलन चर्किएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement