सन्दकपु: सन्दकफुको टाकुरामा जीटीए प्रशासनका सभासद, डाइरेक्टरहर, सचिव आदिको दलबल सहित जीटीए प्रमुख प्रशासक अनित थापा पुगे। यो भ्रमण प्रशासनिक भ्रमण रहेको पनि तिनले बताएका छन्। हाँसी रहेको कञ्जनजङ्घालाई पछिल्तिर राखेर जारी गरेको भिडियो मार्फत तिनले भने, चुनाउ जितेपछि प्रथमपल्ट सन्दकफु क्षेत्रको भ्रमणमा आएका छौं। यहाँको स्थानीय वासिन्दासित हामीले भेट गर्नको साथै कुराकानी गर्यो। यस अवधि तिनीहरूको विविध समस्या बुझ्ने कोसिस गर्यो।

तिनले बङ्गाल कै सबैभन्दा उच्च पहाडमा अवस्थित सन्दकफुमा भने, “यहाँ प्राथमिक स्वास्थ्य केन्द्र छैन। म स्वास्थ्य विभागसँग कुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने नै छु। यहाँ पिउने पानीको पनि समस्या रहेकोले कोलकातासँग कुरा गरेर पिउने पानीको व्यवस्था मिलाउने छु। यसको साथै आजसम्म यहाँ बिजुली आइपुगेको छैन।