अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको काल्चिनी ब्लकको ह्यामिल्टनगञ्जमा बिहीबार दिउँसो सडक दुर्घटनामा दुई महिला सहित पाँच जना घाइते भएका छन्। यात्रु बोकेर हसिमाराबाट काल्चिनी जाँदै गरेको अटो ह्यामिल्टनगञ्ज क्षेत्रमा अनियन्त्रित भई पल्टिएको हो ।दुर्घटनामा अटोमा सवार पाँच जना गम्भीर घाइते भएका छन्। स्थानीय बासिन्दाले हतारमा घाइतेहरूलाई अल्ताबारी ग्रामीण अस्पताल पुर्याएका थिए भने घाइतेमध्ये सरस्वती प्रधान र मिताली देवनाथको अवस्था नाजुक भएपछि उनीहरूलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रिफर गरिएको थियो।