कुचबिहार: आज एकजना छात्रको कुचबिहारमा सड़क दुर्घटनामा मृत्यु भएको छ भने।यस दुर्घटनामा अर्को एकजना छात्र गम्भीर रूपमा घाइते भएका छन्। यो घटना आज बिहान कुचबिहारको नेशनल हाईवे ३१ संलग्न चकचका हरि मन्दिर इलाकामा घटेको हो। दुर्घटनामा परेर मर्ने छात्र चयन राय र घाइते छात्र अपूर्व सरकारको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार कुचबिहारको खपाईडागा इलाकाबाट ती दुई छात्र टोटोमा सवार भएर चकचकातर्फ गइरहेको समय हरि मन्दिर रोड पार गर्दा तुफानगञ्जतर्फबाट आइरहेको एउटा ट्रक बीच सडकमा आइपुग्दा ती दुई छात्र आफ्नो ज्यान बचाउन टोटोबाट हाम फाल्दा दुवै ट्रकको चपेटमा आउँदा तीमध्ये एकजना छात्रको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एकजना छात्र गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरू लगायत दमकल विभागका कर्मीहरूको सहयोगमा गम्भीर घाइते अवस्थामा एकजना छात्रलाई उद्धार गरेर निजी अस्पतालमा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। घटनाको खबर पाएर पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर ट्रक जफत गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।