अण्डर-१७ महिला विश्व कपपछि कालेबुङका बबलु गुप्तालाई फीफा-को प्रशंसा पत्र

photocollage_2022113121438408.jpg

३ नोभेम्बरः कालेबुङका पूर्व फूटबलर तथा एएफसी सी लाइसेन्सधारी प्रशिक्षक बबलु गुप्तालाई हालै सम्पन्न अण्डर-१७ महिला विश्व कपमा असाधारण कार्यको निम्ति फूटबलको वैश्विक संस्था फीफाले प्रशंसा पत्र प्रदान गरेको छ। प्रशंसा पत्रमा फीफा अध्यक्ष अनि एआईएफएफ अध्यक्षको हस्ताक्षर रहेको छ। भारतमा यस साल भएको फीफा अण्डर-१७ महिला विश्व कपमा बबलु गुप्ताले भोलिण्टियरको रूपमा सेवा प्रदान गरेका थिए।

उनले टुर्नामेण्टको अवधि गेस्ट अपरेशन डिपार्टमेण्टको जिम्मेवारी निर्वाह गरेका थिए, जसमा उनले फीफा अधिकारीहरूसँग मिलेर काम गरेका थिए। उल्लेखनीय छ, बबलू गुप्ताले यसअघि २०१७-मा भारतमा भएको फीफा अण्डर-१७ विश्व कपमा पनि कार्य गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement