३ नोभेम्बरः नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आउँदो २० नोभेम्बरदेखि सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सोरेंग फूटबल ग्राउण्डमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ५००० रुपियाँ तोकिएको छ। टुर्नामेण्टमा हिस्सा लिन टीमहरूका निम्ति नाम पञ्जीकरण गराउने अन्तिम मिति १३ नोभेम्बर रहेको छ।