३ नोभेम्बरः अनुभवी ओपनिंग ब्याटर शिखर धवनले २०२३-को इण्डियन प्रीमियर लीग (आईपीएल)-मा मयंक अग्रवालको स्थानमा पञ्जाब किंग्स टीमको कप्तानी गर्नेछन्। फ्रेञ्चाइजी बोर्डको बैठकमा यस्तो फसेला लिइयो। यस सालको शुरुवातमा मयंकले आफ्नो टीमलाई आईपीएलको प्लेअफ्-मा पुऱ्याउन सकेका थिएनन्। यसैकारण उनलाई पदबाट हटाइने तय थियो। केएल राहुलले टीम छोड़ेर लखनऊ सुपर जाइण्ट्समा सामेल हुने फसेला गरेपछि मयंकलाई २०२२ सत्रको निम्ति कप्तान नियुक्त गरिएको थियो। टीमले उनको कप्तानीमा असल प्रदर्शन गर्न सकेन। यसको साथमा मयंक आफै पनि छाप छोड़्न व्यर्थ भए पनि १६.३३-को औसतले १९६ रन मात्र बनाउन सके। फ्रेञ्चाइजीले गत वर्ष नै धवनको कप्तान बनाउने विचार गरेको थियो तर उनीहरूले मयंकको साथ अघि बढ़्ने फसेला गरेका थिए। फ्रेञ्चाइजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, बोर्डले धवनलाई कप्तान बनाउने फसेला गरेको छ। उनीसँग आईपीएलमा एकजना खेलाड़ी र कप्तानको रूपमा असल अनुभव रहेको छ। उनले टीमको निम्ति आफ्नो पहिलो सत्रमा असल प्रदर्शन गरेका थिए।