गान्तोक: सदर थाना क्षेत्र अन्तर्गत डेभलपमेन्ट एरियामा स्थानीय एक परिवारको किरायको कोठामा सूनका गर-गहनासहित नगद चोरी भएको छ।
पुलिस रिपोर्ट अनुसार, मूलरूपमा पाण्डम निवासी पीड़ित परिवार तिहार मनाउन घर गएका थिए। घरबाट फर्केर आउॅंदा डेभलपमेन्टस्थित किरायको कोठामा चोरी भएको पाए। चोरले लगभग ४० हजार रूपियॉंको सूनका गर-गहना र ८० हजार नगद चोरी गरेको बताइएको छ। पुलिसले अज्ञात मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।