सड़क मन्त्री लेप्चाले गरे ग्रेफका अधिकारीहरूसँग बैठक

IMG-20221102-WA0312.jpg

गान्तोक: राज्यको सडक व्यवस्थालाई सुचारू बनाउने उद्देश्यले सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चाले ग्रेफका अधिकारीहरूसँग निरन्तर बैठक गर्दै आइरहेका छन्। सोही क्रममा हिजो उनले ग्रेफका अधिकारीहरूसँग भेट गर्दै चानमारी र रोडाथाङको सडक व्यवस्थालाई चुस्त बनाउनको निम्ति छलफल गरे।मंगन जिल्लामा भारत माला योजना अन्तर्गत निर्माण गरिएको सडक मरम्त साथै विस्तार शीघ्र गरिनु पर्ने मन्त्रीले ग्रेफका अधिकारीहरूलाई सुझाउ दिए। उनले आधुनिक तकनिकी अनुसार सडक निर्माण गर्न सकेको खण्डमा लामो समयसम्म सडक सही रहने अवगत गराए। उक्त सभामा ग्रेफका भीएसएम पीकेएच सिंह लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement