पाकिम जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई अन्तिम चरणको प्रशिक्षण दिइयो

IMG-20221102-WA0311.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनाउलाई स्वतन्त्र साथै निष्पक्षरूपमा चुनाउ गराउने उद्देश्यले राज्य चुनाउ आयोगले अभ्यास शुरू गरेको छ। यसैलाई लिएर आज पाकिम जिल्लामा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरियो। डिकलिङ उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रमको अध्यक्षता जिल्लापाल एवम रिटर्निङ अधइकारी टाशी छोपेलले गरेका थिए भने स्रोतवक्ताकोरूपमा महकुमा अधिकारी छिरिङ नामग्याल थिङ रहेका थिए। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल छोपेलले पञ्चायत निर्वाचन सम्बन्धी विभिन्न मुद्दाहरू जस्तै प्रमुख कानुनी प्रावधानहरू, सङ्कलन केन्द्रको कर्तव्यहरू, मतदान अघि र पछिको कर्तव्यहरू, मकपोल प्रक्रिया, मतदान अधिकृतको कर्तव्यहरू, आगामी पञ्चायत निर्वाचनहरू सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न विशेष परिस्थिति प्रतिक्रिया जस्ता विभिन्न विषयमा जानकारी दिए। उनले पञ्चायत निर्वाचनका लागि अध्यक्ष तथा मतदान अधिकृतको कार्यविधि, मापदण्ड, कार्यविधि र दिशानिर्देशका साथै निर्वाचनमा समयनिष्ठ र सजग रहन पनि पदाधिकारीहरुलाई सुझाव दिए। यस अवसरमा इभीएम मशिन सञ्चालन र देखापरेका तकनिकी गडबढीबारे पनि जानकारी गराइयो। यस प्रशिक्षण कार्यक्रममा ९९ जना प्रिसाइडिङ र ९९ जना पोलिङ अधिकारीहरूले अंशग्रहण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement