पहिलो नर्थ इस्टर्न बक्सिङ प्रतियोगितामा सिक्किमले हत्यायो ८ वटा पदक

IMG-20221102-WA0308.jpg

गान्तोक: पहिलो नर्थ इस्टर्न जोनल सब जुनियर बोयज एण्ड गलर्स बक्सिङ प्रतियोगितामा सिक्किमले आठवटा पदक हत्याएको छ। गत २७-३१ अक्टोबरसम्म अरूणाचल प्रदेशमा आयोजित सो प्रतियोगितामा सिक्किमले ३ वटा रजत र ५ वटा काँस्य पदक ल्याएको छ। उक्त अवसरमा राज्यबाट कूल १४ जनाले सहभागिता जनाएका थिए। आज राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित एक कार्यक्रमबीच पदक विजेताहरूलाई अभिनन्दन जनाइयो। यस अवसरमा राज्यका खेलकूद एवम युवा मामिला विभागका सचिव राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने सिक्किम ओलम्पिक्स एसोसिएसनका अध्यक्ष कुबेर भण्डारी विशिष्ट अतिथिकोरूपमा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले राज्यका खेलाडीहरूले शुरूमा राम्रो खेल्ने गरेको तर बीचमा खेलप्रति चासो नदेखाएको जस्तो महसुस गरे। उनले खेलाडीहरूलाई अध्ययनसँगै खेललाई पनि निरन्तरता दिनु पर्ने आग्रह गरे। खेलकूदलाई अघि बढाउनको निम्ति कोच साथै अभिभावकवर्गको पनि ठूलो भूमिका हुने गरेको अवगत गराए। वर्तमान सरकार साथै विभागले खेलाडीहरूलाई अहिले विभिन्न प्रकारको सहुलियत प्रदान गर्दै आइरहेको जानकारी गराए। उनले बताए अनुसार टीम वर्क राम्रो भएमा मात्र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement