गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग आज बिहान सीमा सड़क संगठनका एडीजी पीकेएच सिंहले भेट गरे। यस अवधि मुख्यमन्त्री तामाङले गति शक्ति अनि भारतमाला अन्तर्गत राज्यका विभिन्न ठाउँमा रहेका योजनाहरूको वर्तमान स्थितिबारे सोधीखोजी गरे। यस अवधि राज्यको सड़कको अवस्था अनि यसको मरम्मति सम्बन्धित विषयहरूबारे पनि छलफल गरे। यस अवधि राज्यमा मुख्य सचिव भीबी पाठकको पनि उपस्थिति रहेको थियो।










