ट्रकको चपेटमा परि तीन वर्षीय वालकको मृत्यु

ACCIDENT-2.jpg

रम्फू: रम्फू आईबीएममको टीस्टा नदीको किनारमा एउटा ट्रकले तीन वर्षीय बालकलाई ट्रकको चपेमा परेपछि घटना स्थलमा नै मृत्यु भएको छ। उक्त घठना टीस्टाको किनारमा रहेको एउटा छाप्रोमा आमाले नानीलाई सुताएर आफू नजीकै गिटी कुटिरहेकी समय भएको हो। सोही बेला एसके ०१ डी १४१४ नम्बर भएको गिटी बोक्ने ट्रकले खेलिरहेको नानीलाई किच्याएको हो। मृतक बालकको नामत राहिल मोहम्मद रहेको जानकारी गराएको छ। यस घटनाको सूचना पाउनसाथ रम्फू पुलिस घटनास्थलमा पुगेर चालकलाई हिरासतमा लिएको छ। पुलिसले चालकलाई हिरासतमा लिएपछि घटनाबारे केरकार गरिरहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement