दार्जीलिङ: अधिसूचना जारी गर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेका छन्। गत १२ जुलाई २०२२ को दिन दार्जीलिङको चौरास्तामा आयोजित एक सरकारी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले चिया बगानहरूको खाली जमीनहरूमा स्थानीय रैथानेहरूलाई होम स्टेको निर्माण गरेर जीविका चलाउनु सक्छ भन्ने घोषणा गरेका थिए। मुख्यमन्त्री ममता ब्यानर्जीको उक्त घोषणाले पहाडको बेरोजगार युवा युवतीहरूको मन मस्तिष्कमा नयाँ जोश र हौसला पलाएका छन्। त्यसकारण राज्य सरकारले चिया बगानहरूको खाली जमीनहरूमा स्थानीय रैथानेहरूलाई होम स्टेको निर्माण कार्यको निम्ति अधिसूचना जारी गरिदिने अनूरोध गर्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेका छन्। उक्त पत्रको प्रतिलिपि राज्यको भूमि सुधार विभाग,जीटीए चिफ् अनित थापा, जीटीए चेयरम्यान अञ्जुल चौहान आदिलाई पनि पठाएका छन्। दार्जीलिङ पार्वतीय क्षेत्रको आय स्रोत भनेको नै चिया बगान, पर्यटन उद्योग अनि बन सम्पदा हुन् र दार्जीलिङ पहाडको बेरोजगारहरूका समस्याहरू केही हदसम्म समाधान हेतु राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको चैरस्तामा आयोजित एक सरकारी कार्यक्रमको अवधि चिया बगानहरूको खाली जमीनमा स्थानीय बासिन्दाहरूले होम स्टेको निर्माण गर्न सक्ने घोषणा गरेका थिए। मुख्यमन्त्री ममता ब्यानर्जीको उक्त घोषणाले पहाडवासीहरूको मुखमा खुशीको हाँसो छाएको थियो भन्दै मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो घोषणालाई कार्य रूपमा परिणत गर्नलाई अधिसूचना जारी गरिदिने अनुरोध गर्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले आज पत्रचार गरेका छन्।