अग्नि पिडित विश्वास सुब्बालाई अजय एडवार्डद्वारा आर्थिक सहयोग प्रदान

IMG-20221102-WA0299.jpg

दार्जीलिङ: अग्नि पिडित विश्वास सुब्बालाई अजय एडवार्डले आर्थिक सहयोग प्रदान गरेका छन्। गत केही दिन अघि चुङथुङ चिया बगानको ८६ विभागको चन्द्रधुरा निवासी विश्वास सुब्बाको घरमा आगो लाग्दा घर अनि घरमा भएको सबै थोक जलेर स्वाहा भएको थियो। तिहारको रमझममा विश्वास सुब्बाको घरमा लागेको आगोको दृश्यले हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्ड स्वयम् चुङथुङ चिया बगान 86 विभागको चन्द्रपालधुरास्थित विश्वास सुब्बाको घर पुगेका थिए।यस अवधि हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसँग केन्द्रीय संगठनिक सचिव विक्रमादि राई लगायत क्षेत्रीय कार्यकर्ता एंव नेतृत्वहरू पनि साथमा थिए। अग्नि पिडित विश्वास सुब्बा अनि उनकी धर्म पत्नी सुब्बासँग बातचीतमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले भने, अहिले इन्टरनेटको समयमा तिहारको रमझममा तपाईहरूको घरमा आगो लागेको दृश्य देख्दा मेरो मन गलेर आयो अनि तपाईहरूसंटँग केवल दुःख साट्न मात्र आएको हो।

अध्यक्ष अजय एडवार्डले अग्नि पिडित विश्वास सुब्बाको धर्म पत्नीको हातमा आर्थिक सहयोग प्रदान गर्दै तपाईहरूले फेरि घर बनाउनु होस भने। अध्यक्ष अजय एडवार्डले अग्नि पिडित विश्वास सुब्बा र उनकी धर्म पत्नीलाई तपाईहरूलाई कुनै प्रकारको समान एंव सामाग्रीहरू आदिको जरूरत परेको खण्डमा आफुलाई बताउने भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement