दार्जीलिङ: बन्सल ग्रुपको ६ वटा चिया बगानहरूलाई अर्काे कम्पनीले लिएको राज्यको श्रम विभागलाई कुनै जानकारी नभएको हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले दिएको छ। राज्यको श्रम विभाग डीएलसीले आज दार्जीलिङको तीनवटा चिया बगानहरू क्रमैले पान्दाम चियाबारी, रागेरूङ चियाबारी र आलुबारी फूलबारी चिया बगानहरूको विषयमाथि सिलगढीमा बैठक बोलाएको थियो।

बैठकपछि हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले गत केही दिन अघि बन्सल ग्रुपको 6 वटा चिया बगानहरू अर्को नयाँ कम्पनीले लिएको जानकारी जीटीए चिफ् अनित थापाले गराएका थिए। ती चिया बगानहरू कसले लिए भन्ने विषयहरूमाथि भागोप्रमो अनि उसको श्रमिक संगठनबाहेक अन्य कुनै श्रमिक संगठनहरूलाई अतो पत्तो छैन अनि यो विषयमाथि सरकारको श्रम विभागलाई पनि अतो पत्तो नदिएको आजको बैठकमा विभागीय अधिकारीले अवगत गराएको अध्यक्ष गुरूङले बताए।तिनले अघि भने, आजको बैठकमा दार्जीलिङको तीनवटा चिया बगानहरू पान्दाम चिया बगान,रागेरूङ चिया बगान अनि आलुबारी फूलबारी चिया बगानलाई अर्कै कम्पनीले लिएको विषय श्रमिक संगठनहरूलाई अवगत गराएको अध्यक्ष गुरूङले बताएका छन्।










