पहाड़मा पञ्चायत चुनाव गराउने आफूहरुको पहिलो ध्येय छ: ज्योतिकुमार राई

IMG-20221102-WA0302.jpg

मिरिक: आगामी वर्ष पश्चिम बंगाल राज्यमा पञ्चायत चुनाव भइरहेको छ भने पहाडमा पनि लगभग २२ वर्षपछि पञ्चायत चुनाव हुने सम्भावना देखिएको छ। पञ्चायत चुनावलाई लिएर गत महिना मात्रै राज्यको विधान सभाले पश्चिम बंगाल पञ्चायत चुनाव एेन संशोधन गर्दै दार्जिलिङ अनि कालेबुङ जिल्लाको निम्ति पनि ग्राम पञ्चायत अनि पञ्चायत समितिको निम्ति मतदाताहरुको संख्यामा वृद्धि गरेको छ। यही संसोधित एैनलाई लिएर असन्तुष्टिहरु पहाडमा देखिएको छ। यसैक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भने पहिले पहाडमा पञ्चायत चुनाव गराउने पक्षमा देखिएको छ। पहाडमा पञ्चायत चुनाव हुनु भनेको उपलब्धि ठान्छन् भागोप्रोमोका केन्द्रीय चुनाव प्रभारी ज्योतिकुमार राई। भारत भनेको पञ्चायती राजको देश हो पहाडमा पञ्चायत चुनाव नहुँदा यहाँका साधारण मानिसहरु धेरै सुविधा सहुलियतहरुदेखि बन्चित रहेको बताउँदै पार्टीको प्रमुख ध्येय भनेको पञ्चायत चुनाव गराउनु रहेको बताएका छन्। राज्य चुनाव आयोगले जिल्ला प्रमुखहरुलाई सीमांकनको निम्ति निर्देश आइसकेको भन्दै सीमांकनको बिषय नितान्त राज्य अधीन रहेको बताए। संसोधित एैनसित आपत्ति जनाउनेहरुले जनाउँदै गरून् तर कुनै हालमा पनि पहाडमा चुनाव भने रोकिनु हुँदैन, राईले स्पष्ट भने। उनले पहाडको तीनवटा नगरपालिकाहरू चुनावको निम्ति पनि पार्टीको कसरत जारी रहेको थप बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement