मङपुमा ट्राफिक नियम विषयमा सचेतना शिविर सप्पन्न

IMG-20221102-WA0281.jpg

मङ्पु: ट्राफिक नियम विषयमा सचेतना शिविर सप्पन्न भएको छ।
रङ्ली रङलीयट ट्राफिक ओसी सुदेश शेर्पाको आगुवाईमा आज मङपु नालीडाँडामा ट्राफिक नियम विषयमा स्थानीय चालकहरुलाई जागुरुक गराउँदै सचेतना शिविरको आयोजना गरियो। मङ्पु बस स्ट्यान्डदेखि रेसेप बजारसम्म पुलिसद्वारा रैलीको पनि आयोजना गरिएको थियो। यसरी सिबिक पुलिस सबीर राईले गिटारद्वार गीत गाएर पनि स्थानीय चालकहरुलाई ट्राफिक नियम सन्दर्भमा जागरुक गराएका थिए। आरआर ट्राफिक ओसी सुदेश शेर्पाले दुई चक्के वाहनका चालकहरू अनि सवारी गर्ने दुईजनाले नै अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने अनि गाडीका चालकहरूले सीट बेल्ट लगाउनु पर्ने अपील गर्दै १८ बर्षदेखि तल उमेरका नानीहरुले दुई चक्के वाहन नचलाई दिने अपील गरेका छन्। अभिभावकवर्गले पनि कानुनलाई शिरोपर गर्दै १८ वर्ष मुनिका नानीहरुलाई लाईसेन्सबिना दुई चाक्के अनि चार चक्के वाहन हाँक्न नदिन पुलिसले अपील गरेका छन्।पश्चिम बङ्गाल सरकारको आदेश अनुसार स्थानीय चालाकहरुलाई सचेतना गराउँदै महिनाभरि नै “सेभ ड्राईभ सेभ लाईफ ” कार्यक्रम रङली रङलीयट क्षेत्रभरि नै हुने कुरा ट्राफिक ओसी सुदेश शेर्पाले जानकारी दिए। आजको सचेतना कार्यक्रममा ट्राफिक ओसीसंगै मङ्पु आउटपोस्ट एएसआई डी बाकची अनि साङगे शेर्पा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement