खरसाङ: पश्चिम बंगाल सरकारद्वारा शुरू गरिएको स्वास्थ्य साथी कार्ड खरसाङ महकुमा अस्पतालमा प्रयोग नभईरहेको जन गुनासोलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक प्रतिनिधि टोली खरसाङ महकुमा अस्पतालमा जानकारी लिन पुगेका थिए। भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोनको अगुवाईमा खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, युवा शक्ति र नारी शक्तिको खरसाङ टाउन कमिटीको प्रतिनिधिहरू र खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान रहेको उक्त टोलीले खरसाङ महकुमा अस्पतालको सुपरिडेन्डेन्ट डा. रुमी मण्डललाई भेट गरी खरसाङ महकुमा अस्पतालमा स्वास्थ्य साथी कार्ड प्रयोगमा नआएको जन गुनासोलाई लिएर भेटघाट गरेका थिए। यस विषयमा खरसाङ महकुमा अस्पतालको सुपरिडेन्डेन्ट डा. रुमी मण्डललाई भेट गरी कुरा बुझेका छन्। उक्त टोलीले खरसाङ महकुमा अस्पतालको सुपरिडेन्डेन्ट डा. रुमी मण्डलसित बातचीत गरी स्वास्थ्य साथी कार्ड विषयमा आएको समस्याहरूलाई लिएर जीटीएको स्वास्थ्य विभागका कार्यकारी सभासद अरुण सिञ्जीसित पनि फोनमा बातचीत गरेका छन्। कार्यकारी सभासदले आफु कोलकोता गईरहेको र यस विषयमा कोलकोतामा कुरा उठाउने अनि समस्या समाधानको लागि कार्य गर्ने आश्वासन दिएको जानकारी गराइएको छ। विशेष गरी केही समय यता मानिसहरूले खरसाङ महकुमा अस्पतालमा स्वास्थ्य साथी कार्ड प्रयोग नभएको विषयमा सोधपुछ गरिएको र यस कुरामा २०२१ अघि बनिएको कार्ड र २०२१ पछि बनिएको कार्यमा भिन्नता रहेको अनि खरसाङ महकुमा अस्पतालमा भुक्तानको रहल रकम धेरै भएकोले अहिले स्वास्थ्य साथी कार्ड प्रयोगमा नआएको जानकारी प्राप्त भएको बताइएको छ। उक्त विषयलाई लिएर जीटीएको कार्यकारी सभासद अरुण सिञ्जीले कोलकोता भ्रमणमा रहेकोले समाधान गरिदिने आश्वासन दिएको पनि प्रतिनिधि टोलीले बताएका छन्।
पछिबाट पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय सदस्य स्वस्थ साथी कार्ड विषयमा समीरदीप ब्लोनले विस्तृत रुपमा जानकारी गराएका छन्।