टी२० वर्ल्ड कपः बंग्लादेश विरुद्ध भारतको रोमाञ्चक जीत

IMG-20221102-WA0274.jpg

२ नोभेम्बरः भारतले वर्षाले वाधा पुऱ्याएको आईसीसी टी२० वर्ल्ड कपमा सुपर १२-को म्याचमा बंग्लादेश विरुद्ध डकवर्थ लुइस नियमद्वारा ५ रनले रोमाञ्चक जीत हासिल गऱ्यो। यस जीतको साथै भारत ग्रुप २-मा वटा म्याचमा ६ पोइण्टको साथ शीर्ष स्थानमा पुग्यो। यस जीतको साथै भारतले सेमिफाइनलमा पुग्ने सम्भावनालाई दह्रिलो बनायो। यसरी नै तेस्रो स्थानमा रहने बंग्लादेशसँग ४ पोइण्ट रहेको छ। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले विराट कोहली (४४ बलमा ६४ रन, ८ वटा चौका र एउटा छक्का) अनि केएल राहुल (३२ बलमा ५० रन, ४ वटा छक्का र ३ वटा चौका)-को असल ब्याटिंगको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो। सूर्यकुमार यादवले ३० रन बनाए। बंग्लादेशका बलरहरूमा हसन माहमूदले ३ अनि शाकिब अल हसनले २ विकेट लिए।

जवाफमा १८५ रनको लक्ष्यलाई खेदो गर्दै लिटन दास (२७ बलमा ६० रन, ७ वटा चौका र ३ वटा छक्का)-को विध्वंशी ईनिंग्सको सहायताले एक समय त बंग्लादेश जीतको गोरेटोमा अग्रसर थियो तर वर्षाले गर्दा जीतको निम्ति लक्ष्यलाई संशोधित गरिँदा (१६ ओभरमा १५१ रन बनाउनु पर्ने) बंग्लादेशले ६ विकेट गुमाएर १४५ रन मात्र बटुल्न सक्यो। लिटन बाहेक नुरुल हसनले अविजित २५ रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंह र हार्दिक पाण्ड्याले २-२ विकेट लिए। कोहलीलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement