खरसाङ बजारमा भएको द्वारे सरकारको क्याम्पमा भागोप्रमो प्रतिनिधि टोलीद्वारा निरीक्षण

IMG-20221102-WA0275.jpg

खरसाङ: पश्चिम बंगाल सरकारको द्वारे सरकारको क्याम्प खरसाङ बजारमा पनि शुरु भएको छ। आज खरसाङ नगरपालिकाको दुईवटा स्थानमा द्वारे सरकारको क्याम्प सम्पन्न भएको छ। यसमा राज राजेश्वरी भवन र स्नो भ्युमा सम्पन्न भएको छ। खरसाङ बजार क्षेत्रमा भएको द्वारे सरकारको क्याम्पमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको प्रतिनिधिहरू लगायत नारी शक्ति र युवा शक्तिको प्रतिनिधिहरू निरीक्षण गरेका छन् । यस क्रममा जनसाधारणले द्वारे सरकार क्याम्पमा गर्ने विभिन्न कामहरू लगायत बिजुली बत्तीको बील भुक्तान विषयमा के कसो चल्दैछ भन्ने विषयमा जानकारी लिन्दै साथै सहयोग गर्न पार्टी प्रतिनिधिहरू पुगेका थिए। भागोप्रमो खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको प्रतिनिधिहरूले खरसाङ बजारमा भईरहेको द्वारे सरकारको क्याम्पमा जनसाधारणले के कस्तो प्रकारले फाइदा उठाईरहेको छ भन्ने विषयमा निरीक्षण गरेका थिए। खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा खरसाङ बजारमा भईरहेको द्वारे सरकारको क्याम्पमा मानिसहरूले के कस्तो कार्यहरू गरिरहेको छ र विशेष रूपमा बिजुली बत्तीको बील भुक्तान विषयमा के कसो जानकारी गराउनुपर्छ साथै यस विषयमा के कस्तो असुविधाहरू छ भन्ने विषयमा निरीक्षण गरेका छन्।
यस विषयमा भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्माले विस्तृत रुपमा जानकारी गराउँदै खरसाङ नगरपालिकाको राज राजेश्वरी भवन र स्नो भ्युमा क्याम्पमा भएको अनि उक्त शिविरमा मानिसहरूलाई सहयोग गर्नलाई आफुहरू द्वारे सरकारको क्याम्पमा उपस्थित रहेर सहयोग गरेको बताएका छन्। उनले विशेष रूपमा मानिसहरूलाई बिजुली बत्तीको बील भुक्तान विषयमा भएको असमञ्ज विषयमा पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement