खरसाङ: राज्य सरकारको दैलोमा सरकार कार्यक्रम आज खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पंचायतको आयोजनामा मकैबारी जूनियर हाई स्कूल, फुलबारीमा सम्पन्न भयो। यस कर्यक्रममा लक्ष्मी भण्डार, पशु परामर्श, बैंकिंग सुविधा, राशिन कार्ड लगायत अन्य धेरै विषयमाथि नि:शुल्क सेवा प्रदान गरियो भने यसै कार्यक्रममा विद्युत विभागबाट बिजुलीको बील तथा नयाँ बिजुली जड़ान गर्ने विषयमा पनि कार्य गरियो। त्यसरी नै खरसाङ आईसीडीएस प्रकल्प अन्तर्गत यस क्षेत्रका आईसीडीएस कर्मचारीहरूद्वारा पौष्टिक आहार सम्बन्धमा जनचेतना जगाउँदै खाद्यहरूको प्रदर्शनी पनि राखिएको थियो भने स्वस्थ्य विभागमार्फत् स्थानीय एएनएम अनि आशा कर्मीहरूले स्वस्थ्य सेवा प्रदान गरे।

यसै कार्यक्रममा यहाँका विभिन्न स्वनिर्भर दलहरूले विभिन्न प्रकारका स्टलहरू पनि राखेका थिए। आजको कार्यक्रमबारे पाण्डु ग्राम पंचायत सचिव सागरराज छेत्री अनि प्रभात गजमेर, एसटीपी पाण्डु ग्राम पंचायतले विस्तृत रूपमा जानकारी गराएका छन्।