कालचिनी – कालचिनी ब्लक कृषि विभाग लगायत आत्मा प्रकल्पको सहयोगितामा आज कालचिनी खण्डको दलसिंहपाड़ास्थित गोपालबहादुर बस्तीमा प्रगति फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडको बोर्ड सदस्यहरूलाई लिएर भर्मिकम्पोस्ट तयार गर्ने सम्बन्धमा प्रशिक्षण लगायत प्रायः १५० कृषि परिवारहरुलाई साग सब्जी र फलको बिरुवाहरु वितरण गरिएको थियो।
उक्त अवसरमा कृषि विभागको प्रोजेक्ट कोर्डिनेटर पार्थ सेनगुप्ता, सीईओ अदिति मण्डल, कालचिनी ब्लक सहकृषि अधिकारी प्रबोद कुमार मण्डल लगायत प्रगति फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडका बोर्ड अफ डाइरेक्टरहरु क्रमैले शंकर बर्मन, गौतम छेत्री, राजेश छेत्री, अरुण दाहाल छेत्री, चन्द्रमाया तामाङ, सुभाष छेत्री, राजु कालीकोटे, दीपा सुब्बा, भूपाल छेत्री, गोबिन्द छेत्री, देवराज छेत्री र सञ्जीव गुरुङ एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
कृषि जमीनलाई कसरी बहुखेतीको लागि कसरी प्रयोग गर्ने र जैविक खेतीको निम्ति भर्मिकम्पोस्ट तयार गर्ने बारेमा अवगत गराईएको थियो। साग सब्जी लगायत तोरी, बोड़ी, एवम् अन्यान्य सब्जीको बीज साथै आँप, कटहर, ड्रेगन फल एवम् अन्यान्यको खेतीप्रति किसानहरूलाई उत्साह प्रदान गर्न बिरुवा वितरण गरिएको थियो।