नक्सलबारी: अबेर राति एकजना युवकको खूनले लथपथ भएको मृत देह नक्सलबारी खण्ड विकास कार्यालय नजिक उद्धार भएपछि इलाकामा हो हल्ला मच्चियो। मृतक युवकको नाम तापस सरकार रहेको अनि तिनी नक्सलबारीकै सातभैया इलाका निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार, मंगलवार अबेर राति पुलिसले सूचना पाएपछि घटनास्थलमा पुगेर खूनले लथपथ भएको अवस्थामा युवकलाई उठाएर नक्सलबारी अस्पतालमा पुयाए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि पुलिसले मृतदेहलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाइदिएको छ। पुलिसले आशंका गरे अनुसार सम्भवत वाहनको चपेटमा परेर उक्त युवकको मृत्यु भएको हुनसक्छ। तथापि पुलिसले घटनाको जाँच शुरू गरेको छ।