२ नोभेम्बरः लंकू प्रगतिशील युथ क्लब (लंकू भेल्ली, सिटोंग ३)-को तत्त्वावधानमा आउँदो २७ नोभेम्बरदेखि ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। यस सिक्स ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३००० रुपियाँ तोकिएको छ।
सम्पूर्ण ठेगानाः
लंकू भेल्ली, सिटोंग ३
बिरिक डाँड़ा एनएच१० नजिक