यूएफा च्याम्पियन्स लीगः बायर्न, टोटनह्याम र लिभरपूल विजयी

IMG_20221102_115852.jpg

२ नोभेम्बरः यूएफा च्याम्पियन्स लीगमा बायर्न म्यूनिख र लिभरपूलको साथमा टोटनह्याम हट्स्परले रोमाञ्चक जीत हासिल गऱ्यो भने बार्सिलोनाले पनि जसोतसो म्याच जितेर टुर्नामेण्टमा आफ्नो अभियान समाप्त गऱ्यो। जर्मनीको क्लब बायर्न म्यूनिखले मंगलवार राति खेलिएको म्याचमा इण्टर मिलानलाई २-०-ले पराजित गऱ्यो। ग्रुप सी-को यस म्याचमा आफ्नो होम ग्राउण्ड आलियाञ्ज एरेनामा ६० प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नबाट बेञ्जामिन पाभार्डले ३२औं र एरिक मेक्सिम छोउपो-मोटिंगले ७२औं मिनटमा गोल गरे। यस जीतपछि बायर्न ६ वटा म्याचमा १८ पोइण्टको साथ ग्रुप विजेता बनेर नक् आउट चरणमा स्थान बनायो। यसरी नै इण्टर पनि १९ पोइण्ट लिएर अघिल्लो राउण्डमा पुग्यो। यस ग्रुपको अन्य एउटा म्याचमा बार्सिलोनाले भिक्टोरिया प्लाजेन विरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट फेरान टोरेसले ४४औं र ५४औं मिनटमा २ गोल गरे। यसबाहेक मार्कोस अलोन्सोले छैटौं र पाब्लो टोरेले ७५औं मिनटमा गोल गरे। यसरी नै चेक रिपब्लिकको टीमबाट दुवै गोल टोमस छोरेले छिराए। अगावै नक् आउट राउण्डको रेसबाट बाहिर हुने बार्सिलोनाले ७ पोइण्टको साथ प्रतियोगितामा अभियान समाप्त गऱ्यो।

यसरी नै ग्रुप ए-मा लिभरपूलले इटलीको क्लब नापोलीलाई २-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट मोहामेद सलाहले ८५औं र डार्विन नुनेजले स्टपेज टाइमको आठौं मिनटमा गोल गरे। यस म्याचपछि दुवै टीमले १५-१५ पोइण्टको साथ नक्आउट राउण्डमा प्रवेश गरे पनि गोल अन्तरको आधारमा नापोली ग्रुप विजेता बन्यो। यस ग्रुपको अन्य एउटा म्याचमा अयाक्सले रेञ्जर्सलाई ३-१-ले पराजित गऱ्यो। अयाक्स ६ पोइण्टको साथ तेस्रो स्थानमा रह्यो। ग्रुप डी-मा टोटनह्यामले मार्सेलीलाई २-१-ले पराजित गऱ्यो। यस रोमाञ्चक म्याचमा विजेता टीमबाट क्लेमेण्ट लेंगलेटले ५४औं र पिएर-एमिले-होजबर्गले स्टपेज टाइमको पाँचौं मिनटमा गोल गरे। मार्सेलीबाट चान्सेल एम्बाम्बा मानगुलुले पहिलो हाफको अन्तिम क्षणमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा एण्ट्रेच फ्रेंकफर्टले स्पोर्टिंगलाई २-१-ले पराजित गऱ्यो। ग्रुप डी-बाट टोटनह्याम (११ पोइण्ट) र फ्रेंकफर्ट (१० पोइण्ट)-ले नक्आउट राउण्डमा स्थान बनायो। स्पोर्टिंग ७ पोइण्टको साथ तेस्रो स्थानमा रह्यो। ग्रुप बी-मा एफसी पोर्तोले स्पेनिश क्लब एट्लेटिको म्याड्रिडलाई २-१-ले पराजित गऱ्यो। यसरी नै क्लब ब्रूगे र बायेर लेवरकुसेनबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। ग्रुप बी-बाट पोर्तो (१२ पोइण्ट) र क्लब ब्रूगे (११ पोइण्ट)-ले नक्आउट राउण्डमा प्रवेश गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement