सडक दुर्घटनामा स्कुटर चालकको मृत्यु

IMG_20221102_110933.jpg

सिलगढी: सिलगढी विभागको नक्सलबारीमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बीडीओ कार्यालय अगाडि भएको यो दुर्घटनापछि पूरै इलाकामा हलचल मच्चिएको छ। शवको छेउमा स्कुटी पल्टिएको थियो। तीब्र गतिको गाडीले ठक्कर दिँदा व्यक्तिको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा तपस सरकार रहेको छ। उनी नक्सलबारीको सातभैया क्षेत्रका बासिन्दा थिए।प्रहरीले घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले स्कुटर चालकको तीव्र गतिमा रहेको गाडीको ठक्करबाट मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement