सेकेण्ड नर्थ इस्ट ओलम्पिक्स खेल तयारी गर्दै राज्यका खेलाडीहरूलाई प्रशिक्षण

IMG-20221101-WA0285.jpg

गान्तोक: आगामी १०-१६ नोभेम्बरसम्म मेघालयमा आयोजना हुने सेकेण्ड नर्थ इस्ट ओलम्पिक्स खेलको निम्ति राज्यका खेलाडीहरूलाई प्रशिक्षण प्रदान गरिरहेको छ। गत २४ अक्टोबरदेखि मंगन जिल्लाको सरकारी विद्यालयको खेल मैदानमा ताइक्वाण्डो लगायत अन्य खेलको निम्ति खेलाडीहरूलाई प्रशिक्षण दिइरहेको छ भने आगामी ५ नोभेम्बरसम्म निरन्तर प्रशिक्षण दिइने भएको छ। राज्यको खेलकूद एवम युवा मामिला विभाग र सिक्किम ओलम्पिक एसोसिएशनको संयुक्त पहलमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। यस प्रशिक्षण कार्यक्रममा ३२ जनाले प्रशिक्षण लिइरहेका छन्। मेघालयमा आयोजना हुने दोस्रो नर्थइस्ट ओलम्पिक्समा उत्तरपूर्वी राज्यबाट तीन हजार भन्दा अधिक खेलाडीहरूले सहभागी जनाउन छन्। सो प्रतियोगितामा ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, हुसु, फूटबल लगायत अन्य खेलहरू पनि समावेश गरिएको छ भने यसको निम्ति राज्यका खेलाडीहरू आगामी ८ नोभेम्बरको दिन मेघालय प्रस्थान गर्ने भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement