केन्द्रीय मन्त्रीले गरे ४ माइल स्कूलको निरीक्षण

IMG-20221101-WA0284.jpg

गान्तोक: केन्द्रिय शिक्षा तथा परराष्ट्र मामिला राज्य मन्त्री डा. राजकुमार रञ्जन सिंहले आज चार माइलमा सञ्चालित जुनियर हाइ स्कूलको निरीक्षण गरे। यस अवसरमा उनलाई शिक्षा विभागका मुख्य अधिकारी छिरिङकी चिङकापा लगायत अन्य अधिकारीहरूले स्वागत जनाए। आफ्नो छोटो सम्बोधनमा मन्त्री सिंहले राज्यको इतिहास र संस्कृतिको संरक्षणका लागि मातृभाषा सिकाउने र सिक्ने प्रधानमन्त्रीको सोंच रहेको अवगत गराए। उनले लेप्चा भाषालाई प्रदेशको आदिवासी भाषाका रुपमा लिने भएकाले यसलाई महत्व दिनुपर्ने सुझाव दिए। उनले विद्यार्थीहरूलाई रुचि र शौकहरू विकास गर्न दक्ष व्यक्तिहरूसँग अन्तरक्रियात्मक सत्रहरूमा भाग लिन प्रोत्साहित गरे।

मन्त्रीले विद्यालयका पदाधिकारीहरूसँग पनि अन्तरक्रिया गरे र शिक्षा नीति, एनईपी २०२०, मध्यान्ह भोजन योजना, भर्ना, बगैंचा र खेलकुदको सम्बन्धमा विद्यालयको कार्यबारेमा जानकारी लिए। उनले कक्षाकोठाको भ्रमण गर्दै विद्यार्थीहरूसँग अन्तरक्रिया पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement