सिक्किम विश्वविद्यालयमा राष्ट्रिय एकता दिवस पालन

IMG-20221101-WA0282.jpg

गान्तोक: सरदार वल्लभभाई पटेलको जन्म जयन्तीको अवसरमा सिक्किम विश्वविद्यालयमा राष्ट्रिय एकता दिवस पालन गरियो।

विश्वविद्यालयमा आयोजित एकता दिवस कार्यक्रमको अवसरमा केन्द्रिय शिक्षा तथा परराष्ट्र मामिला राज्य मन्त्री डा. राजकुमार रञ्जनिंह विशेष रूपमा उपस्थित थिए। केन्द्रिय राज्यमन्त्री डा. रञ्जनसिहले विश्वविद्यालयको प्रशासनिक खण्डमा आयोजित कार्यक्रममा सङ्काय सदस्य, कर्मचारी अनि विद्यार्थीहरूलाई एकताको शपथ ग्रहण गराए। यसका साथै विश्वविद्यालयको एनएसएस प्रकोष्ठद्वारा पाँच माइलस्थित कावेरी छात्रावासदेखि कञ्चनजङ्घा प्रशासनिक खण्डसम्म एकता दौड पनि आयोजन गरिएको थियो, जसमा विद्यार्थी अनि कर्मचारीले भाग लिए।

केन्द्रिय राज्यमन्त्रीले आफ्नो सम्बोधनमा सतत विकास लक्ष्यको उल्लेख गर्दै त्यसलाई हासिल गर्न भारतले चालिरहेको कदमबारे प्रकाश पारे। केन्द्रिय राज्यमन्त्रीले एकता दौडका विजेताहरूलाई प्रमाणपत्र पनि वितरण गरे।

विश्वविद्यालयले ३१ अक्टोबरदेखि 6 नोभेम्बर, २०२२ सम्म सतर्कता दिवस पनि पालन गरिरहेको छ। यसै क्रममा आयोजित सतर्कता जागरूकता कार्यक्रममा उपकूलपति प्रो. अविनाश खरेले विश्वविद्यालयका सङ्काय सदस्य, कर्मचारी अनि विद्यार्थीहरूलाई सत्यनिष्ठाको शपथ ग्रहण गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement