गान्तोक: रम्फूस्थित माझीगाउँ हाउजीङ कम्पलेक्समा २७ वर्षिय नातीले ७० वर्षीय आफ्नै बोज्यूको गला रेटेर हत्या गरेको समाचार प्राप्त भएको छ। आज दिउँसो लगभग ११ बजे २७ वर्षीय नवीन बराईलीले ७० वर्षीय आफ्नी बोज्यू सुकमाया बराईलीको धारीले हतियारले घाँटी रेटेर हत्या गरेको हो। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार आफ्नी बोज्यूको हत्या गरेर २७ वर्षीय नवीन बराईली घटनास्थलदेखि केही दुरीसम्म भागेका थिए। घटनाको सूचना प्राप्त गर्नसाथै रम्फू पुलिसले तत्काल संज्ञान लिँदै आरोपीलाई रम्फू खोलाबाट पक्राउ गरेको छ। रम्फू पुलिसले आईपीसीको धारा ३०२ अन्तर्गत उनीविरुद्ध मुद्दा दर्ता गरेर छानबीन गरिरहेको छ।