खरसाङ: ३० अक्टोबर २०२२को दिन अपर नयाँ बस्ती को “कुन्साङ नामड्रोलिङ” गुम्बाको प्रार्थनासभा हलमा खरसाङ वरिपरिका सबै बौद्ध सघँ सस्था हरू मिलेर एउटा सभाको आयोजन गरियो।
सभाको मुख्य विषय गाँउको बिचमा ढुँगामा खोपेर बनाएको पद्म सम्भव गुरू रेमपोरछे को बिराट प्रतिमा को दुवै तिर भगवान् बुद्ध र अन्य बौद्ध देवी देवता हरूको एवँ भगवान् गणेशको यस्तै भव्य सिमेन्ट मा प्लास्टर गरेर भव्य प्रतिमा सरह बनाउन लाई थियों।
र यस धार्मिक कार्य को निम्ति उपस्थित समग्र सँघ सस्था का सबैले आ-आफ्नो बिचार हरू राखे।सबैको सहमति पछि सबैले नै यस कार्य को निम्ति जे जति लागत लाग्ने छ सबैले नै सहयोग गर्ने बिचार हरू राख्नु भयो।
कुनै भेदभाव बिना यस उत्कृष्ट धार्मिक कार्य को निम्ति सबै सबैलाई सहयोग माग्ने कुरा सभाले निर्णय लिईयो। चाहे कुनै पनि राजनैतिक दल होस,कुनै धार्मिक सस्था होस, सामाजिक सस्था होस, व्यक्ति बिशेष हरू होस, यस कार्य को निम्ति सबै मिलेरै सहयोग माग्न जानु पर्ने कुरोलाई पनि सभाले निर्णय लिईयो।
आजको यो सभामा उपस्थित सघँ सस्था का व्यक्ति बिशेष हरू यसप्रकार छन। “अल ईण्डिया बुद्धिष्ट फोरम” का केन्द्र समिति महा सचिव श्री आकश लामा ज्यु बगडोगरा ,
अल ईण्डिया तामँग बौद्ध सघँ, खरसाङ महकुमा का महा सचिव श्री यु एस योन्जन ज्यु, अल ईण्डिया शेर्पा बौद्ध सँघ, खरसाङ शाखा को अध्यक्ष श्री दावा शेर्पा ज्यु अनि सदस्य हरू,अल इन्डिया योल्मो बौद्ध सघँ खरसाङका शाखाको सचिव श्री दावा योल्मो अनि सदस्य हरू, अल ईण्डिया लेप्चा बौद्ध सघँ खरसाङ शाखाको सह सचिव श्री बिजेन्द्र लेप्चा ज्यु, मानिपा सघँ खरसाङ को अध्यक्ष श्री एम एस डुमजन ज्यु एवँ आनिला हरू।
सभामा उपस्थित सबैलाई आनिला सन्ध्या तामँग ज्यु ले स्वागत जनाउनु भयो।
सभाको सँचालन श्री लपसाङ लामा ले गर्नु भएको थियो भने सभामा उपस्थित सबैलाई श्री श्याम मोक्तान ज्यु ले उपस्थित भई सभा सफल गरिदिनु भए। वापत सबैलाई धन्यवाद दिए।
अन्तमा आजको सभाध्यक्ष श्रीमान यु एस योन्जन ज्यु ले गर्नु भएको थियो। आफ्नो सम्बोधन मा भन्नु भयो कि यो बेहदै राम्रो धार्मिक कार्य हो सबैले नै हातेमालो गरेर यस कार्य लाई सफल गर्नु पर्छ। अनि हामी सफल पनि हुनेछौ, आज सानो कुरोको शुरूवात गरौ। अरूले पनि यस कार्य हेरी अनुशरण गर्नेछ। हिमाचल, सिक्किम र उत्तराखण्ड मा जस्तै हाम्रो पहाडको थुम्को थुम्को मा यसरी नै भगवानको प्रतिमा हरू स्थापित गरेर पाहाड लाई बौद्धमय बनाउ।
यसले गर्दा पर्यटन मा पनि थप आकर्षण हुनेछ ।
पाहडको सुन्दरीकरण पनि हुनेछ, प्रशासन र पर्यटन विभाग लाई केही मात्रामा सहयोग पनि हुने छ। सफलता को शुभकामना व्यक्त गर्दै सभा लाई बर्खास्त गर्नु भयो।
श्रीमति मन्जु लेप्चा, श्रीमती डोल्मा तितुङ, श्रीमति मिरा लामा, श्रीमति सन्ध्या तामगँ, श्रीमती रोशना तामगँ, श्रीमती रूपा तामगँ, श्रीमती प्रिशीला शेर्पा, श्री छिरिङ पाख्रिन, श्री बालकृष्ण थामी, श्री भिमदल पाख्रिन, श्री श्याम मोक्तान, श्री उर्गेन तामङ, श्री राजेन पाख्रिन, श्री सागर योल्मो, श्री निमा शेर्पा, ब्रह्म कुमारी सस्था बाट श्रीमती पासाङ घिसिङ तामँग, शोभा तामँग, पवित्र तामँग हरू बिशेष रूपमा सभामा उपस्थित थिए।