नक्सलबारी: पञ्चायत चुनाउमा जीत हासिल गरेका नवनिर्वाचित पञ्चायत सदस्यहरूको लागि ग्रामीण इलाकाहरूमा सेवा प्रदान गर्ने विषयमा प्रशिक्षण शिविर शुरू गरिएको छ। पश्चिमबंग सरकारको पञ्चायत एवम् ग्राम विकास विभागको पहलमा तथा सिलगढी महकुमा परिषदको सहयोगमा नक्सलबारी कम्युनिटी हलमा आज उक्त प्रशिक्षण शिविरको आयोजना गरिएको छ। यस अवसरमा महकुमा परिषदका सभाधिपति अरुण घोष, सहायक सभाधिपति रोमा रेशमी एक्का, अतिरिक्त जिल्लाशासक प्रेमकुमार बरदेवा, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल लगायत अन्य उपस्थित थिए।