केन्द्रीय विदेश मामिला एवं शिक्षा राज्य मन्त्रीको विद्यालय भ्रमण

IMG_20221101_224145.jpg

गान्तोक: डा. राजकुमार रंजन सिंह (केन्द्रीय विदेश मामिला एवं शिक्षा राज्य मन्त्री)ले आज गान्तोक छेउ चार माइल जुनियर हाई स्कूल भ्रमण गरे। यस भ्रमणमा मन्त्रीसॅंग शिक्षा विभागका अधिकारीहरू पनि थिए।
केन्द्रिय राज्य मन्त्री डा. सिंहले प्रधानमन्त्रीको भिजन अनुरूप आफ्नो राज्यको इतिहास र संस्कृतिको सुरक्षाका लागि मातृ भाषामाथि बल दिए। उनले लेप्चा भाषा राज्यको आदिवासी भाषा रहेकाले लेप्चा भाषालाई अधिक महत्व दिन सुझाउ दिए। उनले विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सत्रहरूमा सहभागी बन्न प्रोत्साहित गरे।केन्द्रिय राज्य मन्त्रीले विद्यालयका शिक्षक अनि कर्मचारीहरूसॅंग पनि अन्तरक्रिया गरे। उनले राष्ट्रिय शिक्षा नीति, मिड डे मिल, खेलकुद, विद्यार्थीहरूको भर्ना आदि विषय पनि जानकारी लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement