सिलगढी शहरमा महिलाको मोबाइल थुतेर चम्पट कस्ने दुईजना बदमास पक्राउ

IMG_20221101_223933.jpg

सिलगढी: पुलिसले छिनताई गर्ने केही बदमासहरूलाई पक्राउ गरे तापनि छिनताईको घटनामा अझसम्म कमी आउन सकेको छैन। हिजो दिउँसो लगभग १ बजे सिलगढीको भक्ति नगर थाना अन्तर्गत हैदरपाड़ाको हिमाचल सारणी इलाकामा सड़कमा हिडिरहेको समय बाईकमा सवार बदमासहरूले एकजना महिलाको हातबाट ने मोबाइल फोन थुतेर चम्पट कसे। यसपछि महिलाले तत्कालै यस घटनाबारे लिखित अभियोग भक्ति नगर थानामा दर्ता गरे। उक्त मामिलाको जाँच गर्दै भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा २४ घन्टाको अवधिमा नै दुईजना बदमासलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढीको ३६ नम्बर वार्ड निवासी सुब्रत दत्ता र जीवन राय सामेल छन्। पुलिसले छिनताईको घटनामा प्रयोग गरेको बाइक पनि उद्धार गरेको छ दुवै आरोपीलाई आज भक्ति नगर थाना पुलिसले जलपाईगढी अदालतमा पेश गयो भने पुलिसले मामिलाको जाँच गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement