कालचिनी – छठ पूजाको राती भारत भोटाङ सीमान्त सहर जयगाउँको सुभाषपल्लीका एकजना युवती पूजा घोषलाई आत्महत्या गर्न बाध्य बनाएको मामिलामा जयगाउँ थानाको पुलिसबलले आज सुभाषपल्ली क्षेत्रको एकजना युवक सुजन बर्मन र रिलायन्स मार्टको एकजना कर्मचारीलाई पुलिसले पक्राउ गरेको घटना प्रकासमा आएको छ।
मार्टमा चकलेट लिएको जरीमाना तिरेर पनि युवतीको फोटो भाइरल गरेको घटनाले युवतीले आत्महत्या गरेको घटनाले सम्पूर्ण जयगाउँ क्षेत्र रिलायन्स मार्ट विरुद्ध विक्षुब्ध बनेको थियो भने आज उक्त मृतक युवतीलाई श्रद्धाञ्जली अर्पण गर्न जयगाउँ सहरमा विभिन्न संघ संस्थाहरूले मोमबत्ती बालेर मृतक युवतीलाई न्याय दिन आरोपी पक्राउ गर्ने माग गरिएको थियो।
यता आज नै छानबीन पश्चात फोटो भाइरल गर्ने युवक सुजन बर्मनलाई पुलिसले पक्राउ गरेर अलिपुरद्वार जिल्ला अदालतमा पठाएको जयगाउँ थाना प्रभारी प्रबिर दत्ताले जनाएका छन्।