अलिपुरद्वार: दश लाख रुपियाँ मूल्य बराबरको चन्दन काठ तस्करी गर्न अगावै एकजना तस्करलाई पक्राउ गर्न पुलिस सफल बनेको छ। यसरी पक्रा पर्ने व्यक्ति कुमारग्राम खण्डको पाकरीगढी इलाका निवासी काजल सरकारको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा अलिपुरद्वार जिल्लाको कुमारग्राम थाना अन्तर्गत कामाख्यागढी आउटपोस्टका एएआई प्रिय रञ्जन दे को नेतृत्वमा पुलिसले आज दिउँसो १ बजी कामाख्यागढी देबेनबाबु चौपथी इलाकामा अभियान चलाएर एउटा मारूती वाहनलाई रोकेर छानबीन गर्दा वाहनबाट साढे १० सीएफटी सेतो चन्दन काठ उद्धार भएको छ भने घटनामा एकजना व्यक्तिलाई पनि पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार जफत गरेको चन्दन काठको अनुमानित बजार मूल्य १० लाख रुपियाँ रहेको छ भने उक्त काठ असमबाट अन्य राज्यमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।