बिजुलीको बीलमा पचास प्रतिशतको छुट मात्र होइन तर पूरै छुट दिलाउनलाई पहल गरेको हुनुपर्छ: धर्म गुरु पेम्बा रिम्पोर्छे

IMG-20221101-WA0275.jpg

खरसाङ: २००७ सालदेखि गोर्खाल्याण्ड आन्दोलनको समय त्यसताक गोजमुमोले गरेको असहयोग आन्दोलन अनुसार उपभोक्ताहरूलाई बिजुलीको बिल नतिर्ने आह्वान् गरिएको थियो। उक्त निर्देशन अनुसार पहाड़का उपभोक्ताहरूले बिजुलीको बील तिरेका थिएनन्। तर अहिले आएर उक्त नतिरेको बिजुलीको बील विषयमा सरकारले एक अधिसूचना जारी गरेर द्वारे सरकारको क्याम्पमा उपभोक्ताहरूले रहल रहेको बिजुलीको बील (घरेलु) मा पचास प्रतिशत छुट दिने आह्वान् गरिएको छ। यसको लागि जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले दिएको बयान विषयमा खरसाङको सामी लाखाङ गुम्बाको धर्म गुरु पेम्बा रिम्पोर्छेले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले प्रेस विज्ञप्ति जारी गरी धर्म गुरु पेम्बा रिम्पोर्छेले वर्ष २००७ देखि वर्ष २०११ सम्म गोर्खाल्याण्ड आन्दोलनको समय दार्जिलिङ पहाड़का सबै समुदायले साथ दिएको थियो र जुन समय गोजमुमोले बिजुलीको बील भुक्तान नगर्ने भनेको समय अनित थापा पनि त्यही पार्टीमा रहेको बताउँदै जनताले पनि गोजमुमोको आन्दोलनलाई साथ दिन्दै बिजुलीको बील भुक्तान गरेनन्। त्यसैले आन्दोलनकालको रहल बिजुलीको बीलमा पचास प्रतिशतको छुट मात्र होइन तर पूरै छुट दिलाउनलाई अनित थापाले पहल गरेको हुनुपर्छ भनी मांग गरेका छन्। धर्म गुरु पेम्बा रिम्पोर्छेले आज कुन मुखले अनित थापाले रहल बीलको पचास प्रतिशत भुक्तानको कुरा गर्दैछन् भनी बताउँदै अनित थापाले पचास प्रतिशत छुटको कुरा गरेर जनतालाई बेवकुफ बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। रिम्पोर्छेले आनेदोलनकालमा बिजुली विभागको देखरेख पश्चिम बंगाल राज्य विद्युत बोर्ड (डब्ल्युबीएसईबी) ले गर्दथ्यो तर अहिले यसको देखरेख एक निजी कम्पनीले पश्चिम बंगाल राज्य विद्युत वितरण कम्पनी लिमिटेड (डब्ल्युबीएसईडीसीएल) अधीनस्थ रहेको बताएका छन्। उनले आन्दोलनकालमा सबै जाति, समुदायका मानिसहरूले दिल खोलेर साथ दिएको थियो। यसैले घरेलु बिजुलीको बीलमा मात्र होइन तर कमर्सियल (व्यवसायिक) बिजुलीको बीलमा पनि पूर्ण रुपमा छुट दिलाउनलाई सरकार समक्ष पहल गर्नु पर्ने आह्वान् पनि गरेका छन्। उनले यो समस्या समाधानको लागि अनित थापाले पहल गर्नु पर्ने आवश्यकता रहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement