तृणमूल नेताहरूद्वारा कोपरेटिभ कार्यालयको निरीक्षण

e4722838-0978-42ec-bbb2-48e122cec9a2

कालचिनी – कालचिनी खण्डको विभिन्न ठाउँहरूबाट जनताले पीडीएस रासन सम्बन्धमा अभियोग गरीरहेको आधारमा आज तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत टीमले कालचिनी स्थित कोपरेटिभ कार्यालयमा पुगेर कोपरेटिभ सञ्चालक सदस्यहरुसित भेटेर रासन वितरणमा गड़बड़ीको रिपोर्ट साथै गुणवत्ताबारे जानकारी लिएको तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले दिएका छन्।

तृणमूल ब्लक सभापति बिरेन्द्र बारा उराँवले विभिन्न ठाउँहरूबाट रासन लिएर गुनासो सुन्दै आइरहेकोले आज कोपरेटिभको निरीक्षण गर्दै सञ्चालकहरूसित यसको जानकारी लिएको र रासनसित सम्बन्धित समस्या लिएर आफूहरू समाधानको मार्ग प्रसस्त गर्न अघि लागेको र जनगुनासोलाई ध्यानमा राखेर यसको निवारण गर्ने औ रासन सम्बन्धमा कुनै पनि अनियमितता भेटाए त्यसलाई कानुनी कारवाई गर्न पछि नहटने बताएको छ। कोपरेटिभ भ्रमणपछि थाह पाएअनुसार एमआर डीलरहरूलाई जति रासन सामग्री सरकारबाट उपलब्ध गराईएको छ त्यो सबै दिएको तर अहिले पनि धेरै ठाउँहरूमा रासन वितरण समय अनुसार नगरिएको एवम् एमआर डीलरहरूले चिनी र अन्य उपलब्ध सामग्री वितरण नगरेको गुनासोहरू आएकोले रासन समस्या भोग्न परेको मानिसहरूको निम्ति आफूहरू साथमा रहेको र उनीहरूको समस्या समाधान गर्न तत्पर रहेको पनि तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement