१ नोभेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार युनाइटेड ब्रदर्स (मानेभञ्ज्यांग)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको पहिलो सेमिफाइनल म्याचमा युनाइटेड ब्रदर्सले कालीझोड़ा युवा परिवारलाई ४-२-ले पराजित गऱ्यो। अब ४ नोभेम्बरमा खेलिने दोस्रो सेमिफाइनलमा प्रशान्ति ग्राम (मंगपू) र शक्ति संघ कालीझोडाबीच भिड़न्त हुनेछ। फाइनल म्याच आइतवार खेलिनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।