सिपाहीधुरामा भएको गाड़ी दुर्घटनामा अझ एकजनाको मृत्यु

ACCIDENT-2.jpg

खरसाङ: हिजो सोमबार खरसाङको सिपाहीधुरामा भएको गाड़ी दुर्घटनामा परेर सिकिस्त घाइते भएका अझ एकजनाको मृत्यु भएको छ। सिलगढीमा उपचाराधिन अवस्थामा तिनको मृत्यु भएको छ भने मर्नेहरूको संख्या चार पुगेको छ। ज्ञात रहोस, यो वाहन दुर्घटना हुँदा वाहनमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो। गाडी चालक सहित अन्य ५ जना घाइते भएको थियो। घाइतेहरू मध्ये सिकिस्त अवस्थामा रहेका तीनजना सिलगढीमा उपचारधीन अवस्थामा थियो। उपचारकै क्रममा आज एकजनाको मृत्यु भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement