खरसाङ: तीनधारे निवासी राजेस सेवाले देखाएको इमान्दार कार्यको लागि मित्र संघ गोलाई पाखाले सम्मान जनाएका छन्। विगत केही दिन अघि तीनधारेको सड़कमा एउटा पर्यटकले रेलसित फोटो क्लिक गर्ने क्रममा आफ्नो पैसासरिको ब्याग राखेका थिए र पछिबाट उक्त ब्याग छोड़ेर गएका थिए अनि तीनधारे निवासी राजेस सेवाले उक्त पैसा सरिको ब्याग पाएर फर्काई दिएका थिए। राजेस सेवाले देखाएको उक्त इमान्दार कार्यको सबैले सराहना गरेका थिए। राजेस सेवाले गरेका उक्त इमान्दार कार्यको लागि मित्र संघ गोलाई पाखाले सम्मान कार्यक्रम आयोजना गरी सम्मान जनाएका छन्। उक्त सम्मान कार्यक्रम मित्र संघ गोलाई पाखाको सभापति ज्ञानबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको छ। यय अवसरमा राजेस सेवालाई मित्र संघले सम्मान जनाएको छ। सम्मान कार्यक्रममा बोल्दै सभापति ज्ञानबहादुर राई र कोषाध्यक्ष मसीह प्रकाश मोक्तानले राजेश सेवाको इमान्दार कार्यप्रति हर्ष प्रकट गर्दै आभार प्रकट गरेका छन् भने भविष्यमा पनि यस्तै इमान्दार कार्य गर्नु पर्ने आह्वान् गरेका छन् भनी मित्र संघ गोलाई पाखाको सचिव ईशान्त विश्वकर्मले जानकारी गराएका छन्। उनले अझ बताए अनुसार गत २९ अक्टोबरको दिन तीनधारेमा सम्पन्न भैलिनी प्रतियोगितामा दोस्रो भएका भैलिनी टिमलाई पनि सम्मान गरिएको छ।