दार्जिलिङ: सिन्कोना प्लान्टेसन लेबर युनियन, केन्द्रिय समितिको तत्वावधानमा आज मनसोङ्ग सिन्कोना प्लानटेसन अन्तर्गत कास्याम सार्वजनिक हलमा लाक्पा नामग्याल भुटिया, जीटीए कार्यकारी सभासदको सभापतित्वमा एउटा सभा सम्पन्न गरिएको थियो। यस सभामा सिन्कोना प्लान्टेसन वर्कर युनियनको पूर्णाक केन्द्रिय समिति गठन गरियो। केन्द्रिय समितिको निर्णय अनि सल्लाह अनुसार सीपीडब्लयु केन्द्रिय समितिका सभापति गगन राई (मङ्पू), उपसभापति भुवनसिंह राई (रोङ्गो) र सुनिल राई (मनसोङ्ग), मूलसचिव जीवन कुमार राई (मनसोङ्ग), सहसचिव राजेस राई (लाठपन्चर) र किसान बुड़ाथोकी (मङ्पु), साङ्गठानिक सचिव सांगदोर्जे तामाङ (रोङ्गो), कोषाध्यक्ष चमनसिङ्ग प्रधान (मङ्पू), कानुनी सल्लाहकार तिलक चन्द्र रोका प्रवक्ता अमृत खड्का (मङ्पू) तथा प्रमुख सल्लाहकारहरूमा रतन कुमार थापा कार्यकारी सभासद जीटीए, बिरे राई ३९ नम्बर समष्टि सभासद, लाक्पा नामग्याल भुटिया जीटीए कार्यकारी सभासद, हर्कमान (अमर) छेत्री ४४ नम्बर समष्टि सभासद, प्रेम शेर्पा, प्रमोद राई, गणेश जैसी आदि सामेल छन्।