डेंगु रोकथामका लागि निगम कडा बन्यो

IMG_20221101_183001.jpg

घरमा पानी जम्मा गर्ने र लामखुट्टेको लार्भा पाएमा जरिवाना

सिलगढी: सिलगढीका मेयर गौतम देवले शहरमा तीव्र गतिमा फैलिरहेको डेंगुलाई रोक्न कडा कदम चाल्ने घोषणा गरेका छन्। मंगलबार डेंगुलाई लिएर नगर निगम, जिल्ला स्वास्थ्य विभाग, उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पताल, सिलगढी जिल्ला अस्पतालका अधिकारीहरूबीच महत्त्वपूर्ण बैठक भएको थियो।बैठकपछि मेयर गौतम देवले भने, ‘अबदेखि जुन घरमा पानी जम्मा हुने र लामखुट्टेको लार्भा भेटिएमा सूचनासहित जरिवाना गरिने छ। उनले नगरपालिका क्षेत्रमा डेङ्गुका बिरामी र मृत्यु हुनेको संख्या बढेसँगै संवेदनशील वार्डको संख्या दोब्बर भएको बताए। नयाँ संवेदनशील वडामा २, ४, ५, ७, ९, १४, १५, ३९, ४१, ४४, ४६ रहेका छन्। अर्कोतर्फ बरो नम्बर एकका १० घरधनीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको जानकारी प्राप्त भएको छ। डेंगु नियन्त्रणका लागि नगरपालिकाका वडा अध्यक्षको अध्यक्षतामा विशेष समिति गठन गरिएको छ। यस समितिमा स्वैच्छिक संस्था, क्लबका सदस्य, ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ। समितिले सम्पूर्ण वडाको सुपरिवेक्षण गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement