मेगा फूटबल टुर्नामेण्टः बीरपाड़ा सेमिफाइनलमा

IMG_20221101_182603.jpg

१ नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा मंगलवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा बीरपाड़ाले जीत हासिल गऱ्यो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा बीरपाड़ाले दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) -लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राहुल कार्जी र कुशल खाखाले १-१ गोल गरे। यसरी नै डीएसए-बाट जयशंकर साहाले गोल गरे। राहुल कार्जीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement