ओडिशा: ओडिशाको पुरीमा पुलिसले चारजनालाई नशालु पर्दार्थ तस्कलाई पक्राउ गरी एक करोड रुपियाँको ९०० ग्राम ब्राउन सुगर बरामद गरेको छ। पक्राउ परेका चारैजनालाई सोमबार पक्राउ गरिएको र उनीहरुको साथबाट पुल्सले ९ वटा मोबाइल र ११ हजार नगदसमेत बरामद गरेको अतिरिक्त पुलिस उपरीक्षक मिहिरकुमार पाण्डेले मंगालबार जानकारी दिए। पक्रा परेका दुईजना पश्चिम बङ्गालका बासिन्दा रहेको उनले बताए। उनले भने, ‘केही बाहिरी व्यक्तिले स्थानीय व्यापारीलाई नशालु पर्दार्थ आपूर्ति गरिरहेको जानकारी पुलिसलाई प्राप्त भएको थियो। सो सूचनाका आधारमा बसेलीसाही थानाको पुलिसले छापा मारेर प्रतिबन्धित पदार्थ बरामद गरी अभियुक्तलाई पक्राउ गरेको होl’ आरोपित व्यक्तिहरूको पहिचान हसन अली र अजिजुर रहमानको रूपमा गरिएको छ, दुवै पश्चिम बङ्गालका निवासी रहेको उनले बताए। यससँगै ओडिशाको खुर्दा जिल्लाको ताराबोई निवासी अली र जगतसिंहपुर जिल्लाको माचगाउँ निवासी विप्लव मलिकलाई पनि पक्राउ गरिएको छ।










