रायगञ्ज: उत्तर दिनाजपुर जिल्लामा, सरकारी बससँग क्रेन ठोक्किएको घटना प्रकाशमा आएको छ। दुर्घटनामा बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ। घटना रायगञ्जको उदयपुर क्षेत्रको हो। जानकारीका अनुसार सरकारी बस दिउँसो बालुरघाटबाट रायगञ्ज फर्कदै गरेको थियो भने अर्को क्रेन रायगञ्जबाट कर्णझोडा जाँदै गरेको थियो। यसै क्रममा क्रेन बसको अगाडिको भागमा ठोक्किएको थियो। घटनामा सरकारी बसका चालक घाइते भएका छन्। उनलाई रायगञ्ज मेडिकल एण्ड अस्पतालमा भर्ना गरिएको छ।