टी२० वर्ल्ड कपः श्रीलंका सेमिफाइनलको रेसमा कायम, अफगानिस्तान बाहिर

IMG_20221101_170145.jpg

१ नोभेम्बरः स्पिनर वानिन्दु हसरंगाको अगुवाईमा बलरहरूका उत्कृष्ट प्रदर्शन अनि धनञ्जय डी सिल्वाको अर्द्धशतकीय ईनिंग्सको सहायताले श्रीलंकाले आईसीसी टी२० वर्ल्ड कपको सुपर १२ राउण्डअन्तर्गत खेलिएको ग्रुप १-को म्याचमा अफगानिस्तानलाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथै श्रीलंकाले सेमिफाइनल खेल्ने सम्भावनालाई जीवित राख्यो जबकि अफगानिस्तान चाहिँ अन्तिम चारको होड़बाट बाहिर भयो। टस जितेर पहिला ब्याटिंग गर्दै असल शुरुवातपछि लगातार विकेट गुमाउँदा अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। अफगानिस्तानको तर्फबाट ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक २८ रन बनाए। यसबाहेक उस्मान गनीले २७ रनको योगदान दिए। यसरी नै इब्राहिम जादरानले २२ र कप्तान मोहम्मद नबीले १३ रन बनाए। अफगानिस्तानको शीर्ष क्रममा सबैले असल शुरुवात गरे पनि त्यसलाई ठूलो ईनिंग्समा परिणत गर्न सकेनन्। श्रीलंकाई बलरहरूमा हसरंगाले सर्वाधिक ३ विकेट लिए। यसबाहेक लाहिरु कुमाराले २ विकेट हासिल गरे।

जवाफमा श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाएर १४८ रन बटुल्दै जीत हासिल गऱ्यो। दुई ओपनर पाथुम निसंका (१०) र कुसल मेण्डिस (२५) ४६ रनभित्रै आउट भए पनि तेस्रो नम्बरमा ओर्लिने धनञ्जय डी सिल्वाले अविजित ६६ रन बनाएर टीमलाई जीत दिलाए। धनञ्जयले ४२ बल खेलेर ६ वटा चौका र २ वटा चौका लगाए। यसबाहेक चरिथ असलंकाले १९ अनि भानुका राजपक्षेले १८ रन बनाए। अफगानिस्तानका बलरहरूमा मुजीब उर रहमान र राशिद खानले २-२ विकेट लिए। हसरंगालाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement